नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ संरक्षित छ ?काठमाडौं – ‘नेपालमा मात्रै पाइने चरा कुन हो ?’ – यो प्रश्न हाजिरीजवाफ प्रतियोगिता होस् या अन्य प्रश्न–उत्तर कार्यक्रम, धेरै पटक सोधिएकोमा पर्छ । अनि अधिकांशले उत्तर पनि मिलाउँछन्, – काँडे भ्याकुर ।
लोपोन्मुख काँडे भ्याकुर बर्खामा १५००–२१३५ मिटर र हिउँदमा ५००–१८३० मिटर उचाइसम्म पाइन्छ । र, सामान्यतः बाक्लो झाडी तर खेतीपाती लगाइएको ठाउँभन्दा अलि टाढै बस्न रुचाउँछ । यो समुद्र सतहबाट १२ सय मिटरभन्दा माथि रहेका पश्चिम नेपालको डोटी र राराताल वरपर पनि न्युन संख्यामा पाइएको छ भने, काठमाडौं उपत्यका क्षेत्रमा बढी पाइन्छ । तर, पछिल्लो समय यसको संख्या पनि विभिन्न कारणले घट्दै गएकोमा संरक्षणकर्मी चिन्तित् छन् ।Published :- 2 years agoView News Article