शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरुकञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना थालेको हो ।
निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँटा गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ । निकुञ्जभित्रका शुक्लाफाँट, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटालगायत क्षेत्रमा स्वीप विधिको प्रयोग गरी खरमयुर गणना सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए ।Published :- 2 years agoView News Article