अज्ञात समूहद्धारा काटिएको बुद्धचित्तको रुख वार्षिक ३ करोड लिने गरी बेचिएको थियोकाठमाडौँ । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीस्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुई वटा सकेट बम राखेर आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।
बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । स्थानीय ठाकुरानी तामाङ र शेरबहादुर तामाङको स्वामित्वमा रहेको सो बुद्धचित्तको रुख काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो ।Published :- 2 years agoView News Article