कृत्रिम वर्षा गराउँदा ढङ्ग नपुगेपछि दुबई डुबानमाकाठमाडौं । खाडी मुलुकहरूमा परेको अत्यधिक वर्षाको कारण अहिले त्यहाँको जीवन अस्तव्यस्त बनेको छ । ठाउँ-ठाउँमा बाढी आउँदा ओमान, बहराइन र यूएईमा २० जनाभन्दा बढीको ज्यान गइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अलजजिराका अनुसार पछिल्लो २४ घण्टामा दुबईमा पछिल्ला केही दशकको तुलनामा सबैभन्दा ठूलो बाढी आएको छ । यसअघि त्यतिको वर्षा सन् १९४९ मा भएको थियो । अचानक परेको पानीले गर्दा बाढी आएसँगै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरू प्रभावित भएका छन् । खाडी मुलुकमा भएको यो वर्षा र क्लाउड सिडिड प्रविधि अहिले सर्वाधिक चर्चाको विषय बनेको छ ।Published :- 2 years agoView News Article