Me
Forest Officer (2nd class) Prameshwar Paswan
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?हिमाली क्षेत्रमा मात्र पाइने हिउँचितुवा पहिलो पटक तराईमा फेला परेपछि यसको संरक्षणमा लागेका विज्ञहरू अध्ययनमा जुटेका छन् । मोरङको उर्लाबारी–१ चारघरेको बाँस झ्याङको एक किसानको तोरीबारीमा मङ्गलवार हिउँचितुवा फेला परेपछि विज्ञहरू यस दुर्लभ घटनाको अध्ययन-अनुसन्धान कार्यमा जुटेका हुन् । उच्च हिमाली भेगमा पाइने हिउँचितुवा तराई क्षेत्रमा भेटिनु विश्वकै लागि नयाँ र दुर्लभ घटना भएकाले यसलाई नयाँ शिराबाट गम्भीरताका साथ अध्ययन अनुसन्धान गर्नुपर्ने निष्कर्ष सहित विज्ञहरू एकजुट हुँदै गरेको पाइएको छ । यस घटनाले वन, वातावरण तथा जैविक विविधता संरक्षणकर्मी, वन्यजन्तु विज्ञदेखि स्थानीय जनता हुँदै यस क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी संस्थाहरूमा नयाँ तरङ्ग पैदा गरेको छ भने विश्वको ध्यान नेपालतर्फ खिचेको छ ।
Published :- 2 years agoView News Article