https://gorkhapatraonline.com/news/118033?fbclid=IwY2xjawEYUOhleHRuA2FlbQIxMAABHVXyGvb5PkNकाठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात÷आठ वर्षमै आय दिने हुँदा मधेशका जङ्लदेखि किसानका खेतबारीमा समेत यो रुख व्यावसायिक रूपमा रोपिएका हुन् । यो रुख २५ देखि ५० मिटर अग्लो र दुई मिटरसम्म गोलाइको हुन्छ । यसको काठ झ्यालढोका, फर्निचरलगायत प्लाई बनाउन पनि प्रयोग हुन्छ । यसको पातबाट सुगन्धित तेलसमेत निकाल्न सकिन्छ । यसको तेल साबुन, माउथवास, पतेरो किराको नियन्त्रण र मसाजमा प्रयोग गरिन्छ ।Published :- 2 years agoView News Article