Me
Forest Officer (2nd class) Prameshwar Paswan
विकास र वातावरणीय सन्तुलनका बिचमा देखिएको खिचातानी र द्वन्द्व !सकिँदै गरेको हिउँदको एक सूर्यास्त, घामको मुहार मलिनो थियो। बगरमा छरिएको सिनो टिपेर उडेका गिद्धको हुल आफ्नै वेगमा मस्त थियो। भरतपुर नगरीको नारायणगढ शहरको काखमै बसेको नगर वन। पातलो रुखहरूको पर्दाभित्र वन थियो। बगरै बगर, डगरै डगर। बाटो भन्नु के थियो, फोहोरको डंगुरमा उभ्याइएको एक खण्डहर। नगर वनको मृत अवशेष। झन्डै एक किलोमिटर फोहोरमाथि बनाइएको बाटो छिचोलेपछि रुखका पातला पर्दाले छोपिएको नगर वनको भित्री भागमा पुगिन्छ। साँझपख गिद्धहरूको वनभोज चल्दै थियो। साक्षी थिए, मुस्किलले उभिएका रुखहरू।
Published :- 2 years agoView News Article