हात्तीमैत्री पदयात्रा र हात्तीको ज्ञापन पत्रआधुनिक सूचना प्रविधिका उपकरणहरु ड्रोन, सिसिक्यामरा, जिपिएस, साइकल गस्तीका नाममा बुट्स अन द ग्राउण्ड नामको पैदल गस्ती मासिएको हराएको वर्तमान सन्दर्भमा कोशी प्रदेशका मुख्यमन्त्री र उहाँको टिमले ७ दिन लामो करिब २६० किमि पैदल गस्ती गरेर हात्ती र ५० लाख जनताको भावना, माग र मर्म बुझ्ने काम गरेको छ । सफा मन र असल नियतले गरेको यो हात्तीमैत्री पदयात्रालाई समाजका विविध सिद्धान्त, आदर्श, बिचार, धर्म, संस्कृति, आस्था बोकेका सम्पूर्ण जनताले अपार स्वागत, अभिवादन, न्यानो आतिथ्यता र हार्दिक सहयोगभाव दर्शाएका छन् । हात्ती संरक्षण र सहअस्तित्वका लागि निःशर्त एकबद्धता जनाएका छन् । बिज्ञहरुले यसलाई संरक्षण नारा बोकेर राजनीतिज्ञले आफ्ना नेतृत्वमा पृथ्वीमा गरेको पहिलो विशाल र दुर्लभ यात्राको संज्ञा दिएका छन् ।Published :- 2 years agoView News Article